गृहपृष्ठ चितवनमा ज्योति विकास बैंकको शाखा
चितवनमा ज्योति विकास बैंकको शाखा
ज्योति विकास बैंकले चितवनको नारायणगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–३, नारायणगढमा बैंकले नयाँ शाखा खोलेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ चितवनका अध्यक्ष सहनलाल प्रधान र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले शुक्रबार संयुक्त रुपमा नयाँ शाखा उद्घाटन गरेका छन् ।
हाल बैंकले ६० शाखा कार्यालय र २० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले चालू आर्थिक वर्षभित्रै थप ३० वटा नयाँ शाखा खोल्ने जनाएको छ ।
प्रकाशित समय १७:१५ बजे

















