गृहपृष्ठ दसैंको नयाँ नोट आजदेखि साटिने, यी हुन् नयाँ नोट दिने बैंकहरु

दसैंको नयाँ नोट आजदेखि साटिने, यी हुन् नयाँ नोट दिने बैंकहरु

दसैंका लागि आजदेखि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । सरकारी स्वामित्वमा रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधरणले ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्ने छन् ।काठमाडौं उपत्यकाको नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट सटहि गर्न सकिने छ । त्यस्तै, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने सकिने छ । राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंको बेला नयाँ नोट सटहि गर्ने गरेको छ ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु