गृहपृष्ठ जनता बैंकको साधारणसभा पुस २९ गते, के–के छन् एजेन्डा ?

जनता बैंकको साधारणसभा पुस २९ गते, के–के छन् एजेन्डा ?

Janata_bank-newskarobar

जनता बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे सुरु हुने साधारणसभामा बैंकले केही महत्वपूर्ण प्रस्ताव पेश गर्ने छ । गत वर्षको कमाईबाट ८.५ प्रतिशत नगद लाभांश वितरण गर्नेदेखि सेयर ब्रोकरको काम गर्ने योजनासम्म समेटिएका प्रस्ताव बैंकले साधारणसभामा पेश गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बैंकले नगद लाभांश वितरणमा ६८ करोड ६६ हजार रुपैयाँ खर्च गर्ने छ । यसैगरी बैंकले आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउन प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि साधारण सभामा पेश गर्ने छ । मर्जर पा प्राप्तिबारे छलफल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्ताव पनि सधारणसभामा प्रस्तुत हुने छ ।

पुन १६ गते बुक क्लोज
२९ गते वार्षिक साधारणसभा हुने भएकाले जनता बैंकले पुस १६ गतेसम्म नगद लाभांश सुरक्षित गर्ने समय तोकेको छ । १६ गते बुक क्लोज हुने भएकाले पुस १५ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।

८ अर्ब ७ लाख रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । २ अर्ब ३४ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ३२ पैसा छ ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु