गृहपृष्ठ एनआईसी एशिया बैंकका चार नयाँ शाखा बाँके र मोरङमा

एनआईसी एशिया बैंकका चार नयाँ शाखा बाँके र मोरङमा

nicasia-newbranch-opening (1)

ग्रामीण तथा दुर्गम स्थानमा समेत आफ्नो उपस्थिति थप सहज बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले बाँके र मोरङका विभिन्न स्थानमा चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कार्यालयहरुकौ स्थानीय तहका प्रमुखहरुले उद्घाटन गरेका छन् ।

बाँकेको जानकी गाउँपालिका–६, पिप्रहवाचोकमा स्थापित शाखाको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव र डुडुवा गाउँपालिका–५, मिलनचोकमा स्थापित शाखाको नरेन्द्रकुमार चौधरीले उद्घाटन गरेका छन् । त्यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित बलिया शाखाको नगर प्रमुख शिवप्रसाद ढकाल तथा बेलबारी नगरपालिका–१, मा स्थापना गरिएको बेलबारी शाखाको नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेको नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

nicasia-newbranch-opening (1)

यससँगै एनआईसी एशियाका मुलुकभर २७० शाखा कार्यालय पुगेका छन् । बैंकले थप २८८ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र २० वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार २१२ अर्बभन्दा बढी छ भने कुल निक्षेप करिब १६८ अर्ब र कर्जा १४५ अर्बभन्दा बढी छ । बैंकका ग्राहक करिब १४ लाख छन् ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु