गृहपृष्ठ आइएमई डिजिटल र जनता बैंक नेपालबीच सम्झौता

आइएमई डिजिटल र जनता बैंक नेपालबीच सम्झौता

imepay-janatabank-newskarobar

आइएमई ग्रुपद्वारा प्रवर्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपालबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जनता बैंक ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवा प्राप्त गर्न सक्नेछन् । साथै, जनता बैंक नेपालका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

१८ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे, आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवा उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु