गृहपृष्ठ एनआईसी एशियाका दुई शाखारहित बैंकिङ सेवा दार्चुलामा

एनआईसी एशियाका दुई शाखारहित बैंकिङ सेवा दार्चुलामा

nic-asia-newskarobar

एनआईसी एशिया बैंकले यूके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुलाको महाकाली नगरपालिका–७, धाप र महाकाली नगरपालिका–९, दत्तुमा २१औं र २२ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य लिएको बैंकले पुस १७ र १८ गतेदेखि दुवै स्थानमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

धापमा सञ्चालित शाखारहित बैंकिङ सेवाको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा बैंकले शेरसिंह रैखोलालाई नियुक्त गरेको छ । यसैगरी दत्तुमा स्थापित शाखारहित बैंकिङ सेवाको महाकाली नगरपालिका–९ का अध्यक्ष हरसिंह डाँगाले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा कृष्णसिंह चौैसिरलाई नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता कार्यहरु गर्न सक्नेछन् ।

मुलुकभर २ सय ७० शाखा, २ सय ८९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ इकाइ रहेको एनआईसी एशियाका १४ लाखभन्दा बढी ग्राहक छन् । सक्षम यूके एडद्वारा सञ्चालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डिएफआईडि नेपालको लुइस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको साझेदारीमा नेपालमा वित्तीय पहुँच तथा सबलीकरणका लागि कार्य गर्दै आइरहेको छ ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु