गृहपृष्ठ एभरेष्ट बैंक र पंजाव नेशनल बैंकबीच सम्झौता

एभरेष्ट बैंक र पंजाव नेशनल बैंकबीच सम्झौता

everest-bank_newskarobar

एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आबद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेशनल बैंकसँग सम्झौता गरेको छ । पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महाप्रबन्धक पंजाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट खाता खोल्न खक्नेछन् । त्यस्तै उनीहरुले रक्षक प्लस खाताबाट निःशुल्क रेमिट्यान्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह–ब्रान्डेड डेबिट खाता जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् । भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधासमेत प्रदान गरिएको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको समेत उपस्थिति रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एभरेष्ट बैंकका करिब १० लाख ग्राहक छन् । हालै भएको क्यामेल्स रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले ८६ शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु