गृहपृष्ठ होटल संघ नेपालद्वारा त्रिभुवन विमानस्थललाई बगैंचा हस्तान्तरण

होटल संघ नेपालद्वारा त्रिभुवन विमानस्थललाई बगैंचा हस्तान्तरण

HAN-garden-handover-ceremony-newskarobar

होटल संघ नेपाल (हान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कलात्मक चौतारीसहितको बगैंचा हस्तान्तरण गरेको छ । नेपाल भित्रिने पर्यटकलाई लक्षित गरी सुरु ग्रिएको बुटिक एयरपोर्टकोे अभियानमा सहयोग पुग्ने गरी हानले मुख्य प्रवेशद्वारको दुवैतर्फ नेपाली मौलिकता झल्कने कलात्मक चौतारीसहितको बगैंचा निर्माण गरी हस्तान्तरण गरिएको हो ।

होटल संघ नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच भएको सहमतिअनुसार कलात्मक चौतारी र बगैंचा निर्माण गरिएको हानका अध्यक्ष अमरमान शाक्यले जानकारी दिए । त्यस्तै, संघका महासचिव विनायक शाहले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यमा सहयोग पुग्ने गरी विमानस्थल प्रवेशद्वार दायाँ–बायाँ खाली रहेको स्थानमा कलात्मक चौतारी निर्माण गरिएको बताए ।

होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई बगैंचा र चौतारी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महाप्रबन्धक क्षेत्रीले होटल संघ नेपालको यस कार्य आफैंमा एक अनुकरणीय र उदाहरणीय रहेको भन्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा राखेको बताए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु