गृहपृष्ठ ‘एनआईसी एशियाको निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धि बैंकिङ इतिहासमै उच्च’
‘एनआईसी एशियाको निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धि बैंकिङ इतिहासमै उच्च’
गत आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनाको तुलनामा उच्च नाफा वृद्धि गरेको एनआईसी एशिया बैंक कर्जा प्रवाह तथा निक्षेप संकलन वृद्धिमा पनि अब्बल देखिएको छ । बैंक कर्जातर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्ब) वृद्धि गरी रु. १७५.७६ अर्ब पु-याउन सफल भएको हो । उक्त वृद्धि नेपाली बैंकिङ इतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हालसम्मकै उच्च भएको बैंकले जनाएको छ ।
हालै प्रकाशित चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार एनआईसी एशिया बैंक वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) वृद्धि गरी वासालातको आकार रु. २१४ अर्ब पु-याउन सफल भएको छ । बैंकका अधिकांश परिसूचक उत्साहजनक छन् ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोड सञ्चालन नाफा आर्जन गरेको छ । त्यस्तै, खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धिसहित रु. १ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको खुद नाफा रु. ५७.१८ करोड थियो ।
देशभरका २७५ शाखा कार्यालय, २८९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकका कुल ग्राहक साढे १४ लाखभन्दा धेरै छ ।
प्रकाशित समय १९:४५ बजे

















