गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

pokhara-branch-nicasiabank-newskarobar

एनआईसी एशिया बैंकले पोखराको पावर हाउस चोकमा नयाँ शाखा खोलेको छ । पोखरा महानगरपालिका–२९, पावर हाउस चोकमा स्थापित नयाँ शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार उद्घाटन गरेका छन् । यससँगै मुलुकभर एनआईसी एशिया बैंकका शाखा २७७ पुगेका छन् ।

बैंकका २७७ शाखाहित देशभर २८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ इकाइ छन् । बैंकको वासलातको आकार २१७ अर्बभन्दा बढी छ भने कुल निक्षेप करिब १७३ अर्ब तथा कर्जा १४८ अर्ब पुगेको छ । देशभर एनआईसी एशियाका करिब १४ लाख ५० हजार ग्राहक छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात् गर्दै आएको बैंकले चाँडै थप शाखा स्थापना गर्ने नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु