गृहपृष्ठ ‘लेटाङ एक्स्पो’ मा दर्शकको बढ्दो आकर्षण
‘लेटाङ एक्स्पो’ मा दर्शकको बढ्दो आकर्षण
मोरङको लेटाङमा जारी ‘लेटाङ एक्स्पो’मा स्थानीय उत्पादनका कृषि प्रवर्द्धनका स्टलहरुले दर्शकलाई आकर्षित गरेको छन् । ‘लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृति सहितको पूर्वाधार’ भन्ने मुख्य नाराका साथ लेटाङमा कृषि, पर्यटन तथा व्यावसायिक अन्तर्राष्ट्रिय प्रर्दशनीका रुपमा लेटाङका लागि पहिलोपटक ‘एक्स्पो’ आयोजना गरिएको हो ।
चियाको स्थानीय उत्पादन, मह, जातजातीका सांस्कृतिक सामग्री, हस्तकलाका सामग्री तथा दैनिक कलाकारको प्रस्तुतिले एक्स्पोको रौनक झनै बढाएको छ । एक्स्पोबाट ६५ लाख आम्दानी र ५९ लाख खर्च हुने अनुमान गरिएको छ । अधुरो रहेको वाणिज्य संघको भवन निर्माण सहयोगार्थ फागुन १७ देखि सुरु एक्स्पो २६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय १९:१९ बजे

















