गृहपृष्ठ घरेलु उद्योग महोत्सवमा शनिबारसम्म सवा १० करोडको कारोबार

घरेलु उद्योग महोत्सवमा शनिबारसम्म सवा १० करोडको कारोबार

fncsi-15th-mela-newskarobar

राजधानीमा जारी नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँबराबरको कारोबार भएको छ । शनिबारसम्म एक लाख ८७ हजारले मेलाको अवलोकन गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको मेलामा बिहीबार २० हजारले अवलोकन गरेका थिए भने सवा करोडको कारोबार भएको थियो । शुक्रबार ५० हजारले अवलोकन गरेको मेलामा चार करोडको कारोबार भयो । शनिबार एक लाख १७ हजारले अवलोकन गरेको र ६ करोड रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ मंगलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ ।

नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने मेलामा २०५ स्टल छन् । मेलामा उपत्यकाबाहिरका ५२ जिल्लाका ८० उद्योग सहभागी छन् । त्यस्तै, चीन, भारत र बंगलादेशका गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल छन् । पाँच दिनको अवधिमा साढे चार लाखले मेला अवलोकन गर्ने र करिब १५ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु