गृहपृष्ठ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा
जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा
दुई पाङ्ग्रेका साथै ठूला गाडीहरुका लागि समेत आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा भित्रिएका छन् । एसडीआई अटोमोबाइल्स प्रालिले रिटेलर भेलाका साथ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ ।
सो अवसरमा जेके फेनर र यसका उत्पादनका वारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपक खड्का, संस्थापक अध्यक्ष महेश बज्राचार्यका साथै जेके फेनरका सिईओ मनिषकुमार सिन्हा लगायतको उपस्थिति थियो ।
सो अवसरमा उपत्यका र काभ्रे जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो । जेके फेनर इन्डिया लिमिटेड जेके अर्गनाइजेसनको सदस्य हो ।
जेके ग्रुपले जेके टायरदेखि जेके पेपर, जेके सिमेन्ट, ट्रान्समिसन, बेल्टदेखि आयलसिल प्रोडक्ट उत्पादन गर्दैै आएको छ । कम्पनीले होसेज, ड्याम्पर रबर आदि टु ह्विलर र फोर ह्विलरका लागि थप उत्पादन उपलब्ध गराउदै आएको छ ।
६ महिनादेखि नेपालका लागि एसडीआई अटोमोबाइल्सले जेके फेनरको आधिकारिक विक्रेताको रुपमा कार्य गरिरहेको बताएको छ । टु ह्विलर, थ्री ह्विलर, फोर ह्विलर र ट्रक बस सेगमेन्टका सबै सवारी साधनमा यी उत्पादन प्रयोग गर्न सकिन्छ । स्कुटरदेखि ट्रक, टिपर, डोजर, लोडर सम्म सबै सवारी साधनमा जेके फेनरका उत्पादन प्रयोग गर्न सकिने एसडीआई अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए ।
प्रकाशित समय १७:१३ बजे

















