गृहपृष्ठ जापानी भाषा परीक्षा अक्टुबर २७ र १८ मा

जापानी भाषा परीक्षा अक्टुबर २७ र १८ मा

Nepal-Japan labour-newskarobar फाइल तस्बिर

जापान र नेपाल सरकारबीच भएको श्रम सम्झौताअनुरुप जापानले नेपाली जनशक्ति लैजान भाषा परीक्षाको मिति तय गरेको छ । परीक्षा अक्टुबर २७ र २८ मा हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको हो । भाषा परीक्षामा उत्तीर्ण भएपश्चात सीप परीक्षण हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।

सीप परीक्षा उत्तीर्ण भएको दुई महिनाभित्रै कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिए पनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुंगो लाग्न बाँकी छ ।

नेपाल र जापान सरकारबीच चैत ११ गते नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा केयर गिभरमा जनशक्ति लैजान लागेको हो । जापानले दक्षिण एसियाका ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लैजाने बताएको छ । डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदार जापान भित्र्याउने नीति पारित गरेपछि नेपाली कामदारलाई जापान जाने बाटो खुलेको हो ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु