गृहपृष्ठ प्रदेश ५ मा लगानी सम्मेलन सफल पार्न मुख्यमन्त्रीको आग्रह
प्रदेश ५ मा लगानी सम्मेलन सफल पार्न मुख्यमन्त्रीको आग्रह
नेपाल बैंकर्स संघको आज बसेको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको समुपस्थितिमा प्रदेशले आयोजना गर्न लागेको ‘लगानी सम्मेलन’ का बारेमा छलफल गरियो ।
उक्त अवसरमा प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा अवगत गराउनुका साथै प्रदेश मा भएका विविध लगानीका अवसरहरु तथा परियोजनाहरुका बारेमा समेत जानकारी गराए ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, नेपाल बैंकर्स संघमा आई सम्मेलनका बारेमा जानकारी दिएकोमा मुख्यमन्त्रीलाई हार्दिक कृतज्ञता ज्ञापन गरे ।
लगानी सम्मेलनलाई सफल र प्रभावकारी बनाउनका लागि संघका पदाधिकारीहरुले विभिन्न राय÷सुझावहरु पेश गर्नुका साथै सम्मेलन पूर्व प्रदेश सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ तथा अन्य सरोकार निकायका प्रतिनिधिहरु सहितको एक कार्यदल गठन गरी अगाडि बढ्न उपयुक्त हुने धारणा समेत पेश गरे ।
उक्त बैठकमा प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकका पदाधिकारी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।
प्रकाशित समय ०९:४१ बजे

















