गृहपृष्ठ यूएईको समुन्द्रमा तेल ट्यांकरमा आगलागी, २ को मृत्यु
यूएईको समुन्द्रमा तेल ट्यांकरमा आगलागी, २ को मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) को समुन्द्रमा पनामाको झण्डावाल ट्याङ्करमा आगलागी भई विस्फोट भएको छ ।
उक्त विस्फोटमा परी २ जना भारतीय नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त ट्यांकर विस्फोटमा परी अन्य कयौँ मानिसहरु बेपत्ता भएका छन् ।
उक्त विस्फोटमा वैदेशिक रोजगारीमा रहेको नेपाली पनि परेको हुनसक्ने आशंका गरिएको छ । हराएका नागरिकहरु कुन कुन देशका थिए भन्ने बारेमा कुनै जानकारी नभएको ट्रान्सर्पोटले जनाएको छ । (एजेन्सी)
प्रकाशित समय १०:०६ बजे

















