गृहपृष्ठ कोभिड-१९ ले स्वास्थ्य खर्च अकासिने, अर्थतन्त्र मन्दीमा
कोभिड-१९ ले स्वास्थ्य खर्च अकासिने, अर्थतन्त्र मन्दीमा
विश्वव्यापी स्वास्थ्य संकट बनेको कोरोनाभाइरस ( कोभिड-१९) महामारीले एसिया-प्रशान्त क्षेत्रमा दूरगामी आर्थिक-सामाजिक प्रभाव पार्ने एसिया-प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय सामाजिक आयोग (यूएन–इस्क्याप)ले जनाएको छ । खासगरि यसका कारण सरकारहरूले स्वास्थ्यमा गर्नुपर्ने खर्च अकासिने आयोगले जनाएको छ ।
कोभिड-१९ले विश्वव्यापी रुपमै सीमापार व्यापार, पर्यटन तथा वित्तीय सम्बन्धहरूमा पारेको गम्भीर असरले यस क्षेत्रको आर्थिक-सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पर्ने आयोगको ठहर छ ।
आयोगद्वारा बिहीबार सार्वजनिक गरिएको एसिया-प्रशान्त क्षेत्रको सर्वेक्षण प्रतिवेदनमा कोभिड-१९ का कारण क्षेत्रमा परेको आर्थिक जोखिमलाई औंल्याएको छ, जुन यसअघि नै मन्दीतर्फ उन्मुख थियो, कोभिड-१९ले आर्थिक मन्दी झनै गहिरो पार्ने प्रतिवेदनमा उल्लेख छ ।
यो विश्व स्वास्थ्य संकट सम्बोधन गर्न र आर्थिक प्रोत्साहन प्याकेजहरू ल्याइरेका भए एसिया-प्रशान्तका विकासशील देशहरूले स्वास्थ्य क्षेत्रमा प्रतिवर्ष करोड अमेरिकी डलरका दरले आपतकालीन खर्च बढाउनु पर्ने आयोगले जनाएको छ । उसले क्षेत्रका देशहरूलाई भविष्यको स्वास्थ्य संकटकालीन अवस्थामा आवश्यक प्रतिक्रिया जनाउन क्षेत्रीय कोष स्थापना गर्न आह्वान गरेको छ ।
आयोगले कोभिड-१९ महामारीको परिप्रेक्षमा नीति निर्माताहरूले यस क्षेत्रको आर्थिक स्वास्थ्यलाई निरन्तरता दिन अनुकूल समष्टिगत आर्थिक नीतिहरू बनाउन सुझाव दिएको छ भने सरकारले ल्याउने वित्तीय र मौद्रिक नीतिहरू प्रभावित उद्यम र घरपरिवारलाई सहयोग गर्ने तथा आर्थिक संकुचन रोक्न केन्द्रित हुनुपर्ने आयोगले सुझाव छ ।
महामारीको विस्तार रोक्न, संक्रमित व्यक्तिहरूको हेरचाह र स्वास्थ्य आपतकालीन तयारीमा सुधार गर्न सरकारी वित्तीय खर्चले महत्वपूर्ण भूमिका निभाउने प्रतिवेदनको ठहर छ ।
प्रकाशित समय १६:०९ बजे

















