गृहपृष्ठ एक रुपैयाँ डाउन पेमेन्टमा होन्डाका बाइक, किस्ता पनि एक रुपैयाँ नै

एक रुपैयाँ डाउन पेमेन्टमा होन्डाका बाइक, किस्ता पनि एक रुपैयाँ नै

लकडाउनका कारण लामो समय कारोबार ठप्प भएपछि व्यवसाय ब्युँताउन सवारी व्यवसायीले विभिन्न किसिमका आकर्षक योजना अघि सारेका छन् । ग्राहक आकर्षित गर्न सस्तो किस्ता, कम डाउन पेमेन्ट, शून्य ब्याजलगायतका योजना उनीहरूले सार्वजनिक गरेका हुन् ।

होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत ब्याज र १ रुपैयाँ मासिक किस्ता अफर ल्याएको छ । यो योजना होन्डाका अधिकांश मोटरसाइकल खरिदमा लागू हुनेछ । यो योजनाअनुसार बाइक वा स्कुटर किन्दा निश्चित समयपछि तोकिएअनुसारको ब्याज र किस्ता तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु