गृहपृष्ठ सुदूरपश्चिममा अर्को ग्यास उद्योग स्थापना
सुदूरपश्चिममा अर्को ग्यास उद्योग स्थापना
सुदूरपश्चिम प्रदेशमा दोस्रो ग्यास उद्योग सञ्चालनमा आएको छ । हालसम्म एउटा मात्रै रेडियन्ट ग्यास उद्योग रहेको सुदूरपश्चिममा बिहीबारदेखि सैपाल ग्यास उद्योग सञ्चालनमा आएको हो ।
कैलालीको गेटामा स्थापना गरिएको उद्योगले बिहीबारबाट ग्यास बजारमा पठाउन सुरु गरेको छ । २०७४ सालमा कैलालीकै चार जना व्यवसायीको लगानीमा निर्माण सुरु भएको उद्योग निर्माणपछि बिक्री भएको थियो । हाल नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले उद्योग लिएर सैपाल ग्यास बजारमा पठाउन थालेको हो ।
एभरेस्ट गु्रपमार्फत सैपाल ग्यास बजारमा ल्याइएको सञ्चालकले बताएका छन् । गु्रपले कैलाली र कञ्चनपुरका ४० डिलरमार्फत ग्यास बजारमा पठाएको छ । सैपालले आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको थियो । करिब ३० करोड लागतमा सैपाल ग्यास सञ्चालनमा आएको हो । सैपाल खरिदपछि एभरेस्ट ग्रुपसँग ग्यास उद्योगको संख्या सात पुगेको छ ।
प्रकाशित समय १३:३२ बजे

















