गृहपृष्ठ युनिलिभर नेपालको नाफामा भारी गिरावट
युनिलिभर नेपालको नाफामा भारी गिरावट
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफामा ६६.६४ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड नाफा गरेको युनिलिभरको नाफा गत वर्ष ३५ करोड ५४ लाखमा सीमित भएको हो ।
नाफामा उच्च गिरावट आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि तीन गुणाले घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १,१५९ रुपैयाँबाट घटेर ३८६ रुपैयाँमा झरेको हो । कम्पनीको सञ्चालन नाफा भने ३.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५ अर्ब ७५ करोड नाफा गरेको कम्पनीले गत वर्ष ५ अर्ब ५४ करोड रुपैयाँमात्र नाफा भएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
प्रकाशित समय १४:०८ बजे

















