गृहपृष्ठ फोर्स मोटर्सको फोर्स दसैं आशीर्वाद उपहार योजना
फोर्स मोटर्सको फोर्स दसैं आशीर्वाद उपहार योजना
फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले दसैं आशीर्वाद उपहार योजना ल्याएको छ । दसैं र तिहारका अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखेर दसैं आशीर्वाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्रुजर जिप खरिदमा नौ महिनासम्म किस्ता र ब्याज तिर्न नपर्ने, नौ लाख रुपैयाँमात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्रयाच कुपनमार्फत २ लाखदेखि १० लाख रुपैयाँसम्म नगदमध्ये कुनै एक अफर रोज्न सकिने योजना रहेको हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले बताए ।
यसैगरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा आठ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार रुपैयाँमात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्रयाच कुपनमार्फत १ देखि ५ लाख रुपैयाँसम्म पक्का नगदमध्ये कुनै एक अफर रोजेर लिन सकिने जनाइएको छ ।
त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टि २ मिनीबसको खरिदमा सात महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख रुपैयाँमात्र डाउन पेमेन्टमा गाडी लिन सकिने अथवा स्क्रयाच कुपनमार्फत २ देखि ६ लाख रुपैयाँसम्म पक्कामध्ये कुनै एक अफर रोजेर लिन सकिने सुविधा छ ।
सात वर्षदेखि फोर्स मोटर्सले नेपालमा आधिकारिक आयातकर्ता/विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट गाडी बिक्री गर्दै आएको छ । कम्पनीले सबैभन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ वर्ष वा ३ लाख किमीको इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिनजडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बसलगायतका गाडीको आयात तथा बिक्री गर्दै आएको हिमालय अर्गनाइजेसन र आयाम इन्टरकन्टिनेन्टका अध्यक्ष थापाले जानकारी दिए ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरीधारा, पोखराको चाउथे, सुनसरीको इटहरी र मकवानपुरको हेटौँडामा सोरुम सञ्चालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, धनुषाको जनकपुरका डिलरमार्फत फोर्सका विभिन्न मोडेलका गाडी बिक्री गरिरहेको छ । यी सोरुममा बिक्रीपछिका सेवासहितको सुविधा रहेको हिमालय अर्गनाइजेसनका महाप्रबन्धक मनोज इटनीले बताए ।
प्रकाशित समय १४:३१ बजे

















