गृहपृष्ठ नेपालमा भित्रियो इटालियन ब्रान्ड ‘भेन्चुरिनी’

नेपालमा भित्रियो इटालियन ब्रान्ड ‘भेन्चुरिनी’

अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नव समृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो ।

काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो-रुम उद्घाटन गरिएको छ । कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो-रुम उद्घाटन गरेका हुन् ।

एसियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो । उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउँदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन् ।

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो-रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला)उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताए । ‘फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भने ।

नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पुर्‍याइने छ । एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिने छ ।’

इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिनसक्ने नव समृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु