गृहपृष्ठ क्यानका निवर्तमान अध्यक्ष चौरासिया विस्टाको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा चयन

क्यानका निवर्तमान अध्यक्ष चौरासिया विस्टाको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा चयन

कम्प्युटर एसोसियसन महासंघ नेपाल (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स विस्टाको वोर्ड अफ डाइरेक्टर्समा निर्वाचित भएका छन् ।

सन् २०२०-२२ कार्यकालका लागि चौरासिया पुनः निर्वाचित भएका हुन् । यहि मंसिर २ गते मंगलबार राति भर्चुअल माध्यमबाट बसेको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०१८ देखि २० सम्मका निमित्त पनि क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थिए । चौरासियाले सन् २०१७ देखि २०१९ सम्म क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

फेडेरेसन अफ हेलेनिक ईन्फर्मेसन टेक्नोलोजि एन्ड कम्युनिकेसन्स ईन्टरप्राइजेज ग्रीसबाट प्रतिनिधित्व गरेका यानिस सिरोसको अध्यक्षतामा निर्वाचित २२ सदस्यीय समितिमा मलेसिया, हङकङ, ताइवान, वर्मुडा, बेलारुस, ब्राजिल, रोमानिया, स्पेन, म्यासेडोनिया, जापान, संयुक्त अधिराज्य, नेपाल, दक्षिण कोरिया, बंगलादेश, अर्मेनिया, अर्जेन्टिना, नाइजेरिया, ईजिप्ट, मेक्सिको, क्यानाडा र कोस्टारिकाका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका छन् ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा (WISTA) विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्दै अएको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु