गृहपृष्ठ सोमबार सुनको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आइतबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

सोमबार तेजावी सुन आइतबारकै मूल्य अर्थात् ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य गएको शुक्रबार यतादेखि नै स्थिर छ । आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु