गृहपृष्ठ आज उद्योग वाणिज्य महासंघको बन्दसत्र, भोलि चुनाव

आज उद्योग वाणिज्य महासंघको बन्दसत्र, भोलि चुनाव

बिहीबारबाट सुरू भएको उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको आज बन्दसत्र हुने भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको भर्चुअल मिटिङपश्चात् बन्द शत्र हुने भएको हो ।

बिहीबार बालुवाटारमा साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने प्रावधानअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ चुनाव लड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योतिको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी चुनाव लड्दैछन् ।

निर्वाचन समितिका अनुसार भोलि हुने निर्वाचनका लागि महासंघले तीन ठाउँ तय गरेको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुनेछ । वस्तुगत संघ समूहको महासंघको सचिवालय टेकुमा, एशोसिएट सदस्य समूह कार्की व्याङ्केट बबरमहलमा र उद्योग वाणिज्य समूहको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने महासंघ सचिवालयले जनाएको छ ।

एसोसिएटमा ९०४ जनाले मतदान गर्नेछन् भने द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट ६ जना, वस्तुगततर्फ १०१ जना, जिल्ला नगर उद्योग वाणिज्य संघबाट प्रदेशहरुबाट १०५ जनाले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले बताए ।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु