गृहपृष्ठ शुक्रबार २ सयले घट्यो सुनको मूल्य
शुक्रबार २ सयले घट्यो सुनको मूल्य
बिहीबार स्थिर सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । आज सुन २ सय रुपैयाँले ओरालो झरेको हो । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन ९० हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको लागि तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:२२ बजे

















