गृहपृष्ठ रिचार्जरको क्रिसमस अफर : मासिक किस्ता ७८ सयमा ‘आइफोन १२’

रिचार्जरको क्रिसमस अफर : मासिक किस्ता ७८ सयमा ‘आइफोन १२’

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आइफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर, क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, ग्लोबल आइएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आइफोन खरिद गर्न सक्नेछन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रक्रियाबाट शून्य प्रतिशत ब्याजदरमा आइफोन खरिद गर्न सक्नेछन् । गुगल पे तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आइफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ ।

त्यसै गरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउन्ट खोल्दा एक हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शत प्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु