गृहपृष्ठ सानिमा हाइड्रोले ५६ मेगावाटको जुमखोला बनाउँदै

सानिमा हाइड्रोले ५६ मेगावाटको जुमखोला बनाउँदै

सानिमा हाइड्रोले ५६ मेगावाटको जुमखोला जलविद्युत आयोजनाको निर्माण गर्ने भएको छ । दोलखाको लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थलनजिकै बन्ने आयोजनाका लागि कम्पनीले अनुमति माग गरेको हो ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययनको काम सकेर पुस २ गते निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ । ग्रिड कनेक्सन एग्रिमेन्ट भइसके पनि टेक अर पे पीपीए रोकिएकाले आयोजनाको विद्युत खरिद‑बिक्री सम्झौता भने भएको छैन ।

अनुमति पाएसँगै आगामी दसैँतिहारपछि आयोजना निर्माण सुरु गरेर चार वर्षमा काम सक्ने आयोजनाको लक्ष्य छ । पहुँचमार्गदेखि प्रसारणलाइनसम्मका संरचना निर्माण गर्दा १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

लामाबगर क्षेत्रमा दुगड ग्रुपको १६० मेगावाटको नासा हाइड्रोपावर, उमेश श्रेष्ठ ग्रुपको ५२ मेगावाटको ल्याप्चे खोला र माथिल्लो तामाकोशीकै २२ मेगावाटको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणका क्रममा छन् ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु