गृहपृष्ठ भ्याट छली गर्ने १० जनाविरुद्ध ६५ करोड मागदाबीसहित मुद्दा दायर
भ्याट छली गर्ने १० जनाविरुद्ध ६५ करोड मागदाबीसहित मुद्दा दायर
राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने १० व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले व्यवसायी प्रदीप साहसहितका १० जनाविरुद्ध भ्याट छली आरोपमा ६५ करोड मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
साहले आरकेएम ट्रेडिङ प्रालिलगायत विभिन्न १३ वटा फर्म कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गर्ने गरेर भ्याट छलेको विभागको आरोप छ । ती सबै फर्मको बैँक खाता प्रदीप साहले सञ्चालन गरी विभिन्न फर्महरुको नाममा झुटा र नक्कली बिलबिजक जारी गरेको विभागको अनुसन्धानमा खुल्न गएको छ ।
प्रकाशित समय ०७:५४ बजे

















