गृहपृष्ठ नेपाल इन्फ्रास्ट्रक्चर बैँकको साधारण सेयर माघ २ गतेबाट निष्कासन
नेपाल इन्फ्रास्ट्रक्चर बैँकको साधारण सेयर माघ २ गतेबाट निष्कासन
नेपाल इन्फ्रास्ट्रक्चर बैँकले माघ २ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बैँकले ८ अर्ब रुपैयाँबराबरको साधारण सेयर जारी गर्न लागेको हो ।
सेयर जारीपछि बैँकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनेछ । कम्पनीले सर्वसाधारणमा ४० प्रतिशत सेयर वितरण गर्नेछ । यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत हाराहारी सामूहिक लगानी कोष कम्पनीहरुले पाउनेछन् ।
कम्पनीको कुल सेयरमा १० प्रतिशत सरकारको छ । बाँकी निजी क्षेत्रले लगाएका छन् । बैँकको सञ्चालक समिति अध्यक्ष अनुज अग्रवाल हुन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल, लालमणि जोशीलगायत छन् ।
चालू वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैँक १८ करोड रुपैयाँ नाफामा छ । बैँकले बैँकहरुमा निक्षेपका रुपमा राखेको पुँजीबाट सो आम्दानी गरेको हो । बैँकको ब्याज आम्दानी २८ करोड ९५ लाख रुपैयाँ छ । बैँकले आफ्नो अगुवाइ/सह-अगुवाइमा जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जालगायत गरी पाँचवटा परियोजनामा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको जनाएको छ ।
प्रकाशित समय ०७:५० बजे

















