गृहपृष्ठ अपी पावरले सुरु गर्‍यो सौर्य विद्युत आयोजना, वित्तीय व्यवस्थापनमा बैंक अफ काठमाण्डू

अपी पावरले सुरु गर्‍यो सौर्य विद्युत आयोजना, वित्तीय व्यवस्थापनमा बैंक अफ काठमाण्डू

अपी पावर कम्पनीले चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्तअनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आबद्ध चार मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना निर्माण थालेको हो ।

कम्पनीले रौतहटको चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानल कम्पनीले जडान गरी विद्युत उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहपूर सब-स्टेसनको ३३ केभी बसबारमा जडान गरी राष्ट्रिय प्रसारणलायनमा विद्युत प्रवाह हुनेछ ।

कम्पनीका अनुसार आयोजना निर्माणका लागि ३३ करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये २५ प्रतिशतले हुने रकम ८ करोड २५ लाख रुपैयाँ कम्पनीले स्वपुँजीबाट र बाँकी ७५ प्रतिशतले हुने रकम २४ करोड ७५ लाख रुपैयाँ बैँक अफ काठमाडौंको सहभागितामा ऋण प्रवाह गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।

पुस २० गते भएको आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा कम्पनीका अध्यक्ष सतिस न्यौपाने र बैंक अफ काठमाडौंका चिफ बिजनेस अफिसर विमल डाँगाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु