गृहपृष्ठ एलजीको उच्च प्रविधिको वासिङ मेसिन नेपाली बजारमा
एलजीको उच्च प्रविधिको वासिङ मेसिन नेपाली बजारमा
एलजीले उच्च प्रविधिको (आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ट्राइभ- एआईडीडी टीएम) मोटर भएको वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । यो वासिङ मेसिनमा एआईडीडी टीएम जस्ता नवीन प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषता पत्ता लगाउने र कपडा धुने क्षमता बढाउनुका साथै गुणस्तर १८ प्रतिशतले जोगाउने कम्पनीको दाबी छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो-नोइज र कम्पनमुक्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा एलजी ब्रान्डका सामानको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालि हो ।
प्रकाशित समय १३:४३ बजे

















