गृहपृष्ठ सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध

सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने भएको छ । सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत व्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलनलगायतका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारले जनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले व्यवसायीले उठाएका नीति निर्माण, कच्चा पदार्थको पर्याप्त आपूर्ति व्यवस्था, तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलनलगायतका विषयलाई आवश्यक सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । उनले व्यवसायीको माग अनुरुप सुनको आपूर्तिमा लागू हुँदै आएको कोटा सिघ्र वृद्धि गर्ने र व्यवसायीको मागअनुसार मोफसलबाट हुने सुनको वितरणलाई नेपाल राष्ट्र बैंकसँगको समेत सहकार्यमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

भेटका क्रममा सचिव अर्यालले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई सिघ्र कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । सुनचाँदी व्यवसाय प्रवर्द्धनका लागि आवश्यकताअनुसार तालिमको व्यवस्था गर्न, रोजगारीका अवसर बढाउन, सुनका गरगहना निर्यातका लागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा व्यवसायीहरुका तर्फबाट अगाडि सारिएका अन्य मागहरुलाई सम्बोधन गर्न आफूले सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

त्यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताको लगानीको सरक्षा, ब्ककभअतक ब्उचभअष्बतष्यल, पारदर्शी मूल्य र तौल एवं शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहनाको उपलब्धता आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताए । उनले सुनचाँदी व्यवसायमा देखिएका समस्याको निराकरण गर्दै व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पर्ने विषयहरुलाई समेटेर तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजनासहितका सुझावसमेत सरकारलाई उपलब्ध गराए ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु