गृहपृष्ठ ‘भ्यालेन्टाइन्स-डे’मा ओपोको विशेष अफर
‘भ्यालेन्टाइन्स-डे’मा ओपोको विशेष अफर
भ्यालेन्टाइन्स डे नजिकिँदो छ । विदेशी पर्व भएता पनि विशेषगरी युवा वर्ग माझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय छ । आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ ।
साथी-भाई, आमा-बुबा, प्रेमी-प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ । यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटीपनि बस्न थालेको छ । यस परिपाटीमा भरखरै बजारमा सार्वजनिक एआई ट्रिपल रियर क्यामेरा सेटअप सुसज्जित ओपो ए १५ उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।
मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो ए १५ विशेष युवा वर्ग लक्षित फोन हो । पूरुष र महिला दुवैका लागि उपयुक्त यो उपकरण उपहारका लागि कसरी उत्कृष्ट छ त ? यसमा उपलब्ध पाँच उत्कृष्ट फिचर्स यहाँ प्रस्तुत गरिएका छन् ।
१. एआई ट्रिपल रियर क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए १५मा रहेका एआई ट्रिपल रियर क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्बिर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सघाउन यसमा १३ एमपी क्षमताको मुख्य क्यामेरा र ४ सीएमसम्मका क्लोज शट्स खिच्न यसमा २ एमपी क्षमताको माक्रोलेन्सको समेत व्यवस्था गरिएको छ । पोट्रेट तस्बिरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २ एमपी डेप्थ क्यामेरा पनि जडान गरिएको छ ।
दैनिकीका पलहरु कैद गर्न ओपो एफ १५ मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्बिर खिच्न सघाउँछ । त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्बिर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजनमार्फत ओपो ए १५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि-अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ ।
ओपो ए १५ को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्प पनि उपलब्ध गराउँछ । एआई ब्युटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।
२. स्लिक डिजाइनका साथ ६.५२ को ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए १५मा ८९% स्क्रिन टू बडी रेसियोका साथमा ६.५२ वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए १५को एचडी+स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा एआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेसलगायत सुविधा पनि उपलब्ध छन् ।
७.९ एमएम मोटाइसहितको ए१५मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चरसहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५ दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।
३. ४२३० एमएएच ब्याट्री क्षमता
तीव्र गतिको कार्य क्षमताका लागि ओपो ए १५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकताअनुसार यसलाई २५६ जीबीसम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा-कोर प्रोसेशरसहितको ओपो ए १५ले ब्याट्री मितव्ययीताका साथ सहज, तीब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ ।
फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचर पनि उपलब्ध गरिएको छ । हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ ।
मज्जाले एकदिन सहजै टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए१५मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोगबाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।
४. कलरओएस ७.२
ओपो ए१५मा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२ को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्टसहित डार्क मोड फिचर पनि उपलब्ध छ । थ्री-फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्स पनि सपोर्ट गर्छ । साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ-आफ्नो फोनमा लिन सघाउने उपयोगी म्युजिक पार्टी फिचर पनि फोनमा उपलब्ध गरिएको छ ।
५. मितव्ययी मूल्य
भरखरै सार्वजनिक ओपो ए१५ उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ३ जीबी र्याम र ३२ जीबी रोमको व्यवस्था गरिएको छ । ओपो ए १५को बजार मूल्य १८ हजार ५९० निर्धारण गरिएको छ ।
प्रकाशित समय १५:४० बजे

















