गृहपृष्ठ महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तार
महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तार
मुलुकको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका इस्यूमा काम गर्न समितिलाई अध्यक्ष गोल्छाको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीको सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ । समितिका सहसभापतिहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एसोसिएसनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल छन् ।
सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी छन् ।
समितिका आमन्त्रितहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य संघका महासचिव वसन्तनारायण बोछिभोय, नेपाल निर्यात परिषदका अध्यक्ष हरिबहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशिल नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुन्दर कार्की छन् ।
समितिका सल्लाहकारहरुमा पूर्व सहसचिव रविशंकर सैंजु, व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, एस टर्मिनल्स प्रालिका प्रबन्ध निर्देशक अशोककुमार टेमानी, एसियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र इन्टरस्टेट टर्मिनल्स प्रालिका प्रबन्ध निर्देशक आरबी रौनियार छन् ।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासंघको निकै नै महत्वपूर्ण समिति रहेको बताए । भूपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौती रहेकाले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई अझ बढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ, त्यसमा ठोस सुझाव तयार गर्न समितिलाई आग्रह गरे । अध्यक्ष गोल्छाले समितिलाई मुलुकको अन्तराष्ट्रिय व्यापार सहजीकरणका इस्यूमा काम गर्न सुझाव दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समितिलाई अन्तर्राष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाई यातायातका सम्पूर्ण मुद्दामा परिणामदायी ढंगले काम गर्न सुझाव दिए । समितिको पहिलो बैठकले प्रत्येक महिनाको पहिलो सोमबार समितिको बैठक बस्ने र आउँदो बैठकमा समितिको कार्ययोजनाका लागि एजेन्डा तयार गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय ०७:२३ बजे