गृहपृष्ठ उद्योग वाणिज्य महासंघको व्यापार समिति विस्तार
उद्योग वाणिज्य महासंघको व्यापार समिति विस्तार
व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउन भूमिका निर्वाह गर्नुहोस् : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सहसभापतिहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरु ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।
समितिका सदस्यहरुमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कार्य समिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपतिदेव पाण्डे छन् ।
त्यसैगरी समितिका आमन्त्रित सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य देवकुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्यसमिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लाबारी उवासंघका अध्यक्ष प्रितम खड्गी, स्याङ्जा उवासंघका मानार्थ सदस्य भीमकुमार श्रेष्ठ, नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें छन् ।
समितिका सल्लाहकारहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, सन्दीपकुमार अग्रवाल र नेपाल–भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा छन् ।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । त्यसका लागि समितिले महत्वपूर्ण इस्युहरुमा सरोकारवाला निकायहरुसँग समेत सल्लाह सुझाव लिई सरकारमा लवी गर्नुपर्ने उनको भनाइ छ ।
विशेषगरी मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाइमध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौतीलगायतमा समितिले आफूलाई विशेष रुपमा केन्द्रित गरी कार्य गर्न पनि उनले अनुरोध गरे ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्परा कालदेखि नै व्यापार व्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खाँचो औँल्याए ।
विस्तारपछि समितिका सभापति वैद्यको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यापार तथा आपूर्ति सहजीकरण सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कार्य गर्ने, व्यापार तथा आपूर्तिसँग सम्बन्धित ऐन कानुनहरुका बारेमा पैरवी गर्ने र व्यापार समितिका तर्फबाट उद्योग वाणिज्य महासंघको भिजन पेपरका लागि धारणा तयार गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय १५:५१ बजे