गृहपृष्ठ अजोड इन्स्योरेन्सको खुद नाफा ७५.४९ प्रतिशत बढ्यो

अजोड इन्स्योरेन्सको खुद नाफा ७५.४९ प्रतिशत बढ्यो

अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड १५ लाख रुपैयाँले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीको खुद नाफा २ करोड ३१ लाख रुपैयाँ थियो ।

इन्स्योरेन्सको खुद बिमाशुल्क पनि ४ करोड ९ लाख रुपैयाँले बढेर २० करोड ८६ लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको पुससम्ममा कम्पनीले १६ करोड ७७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले यस अवधिमा पुनर्बिमा कमिशनबाट ८ करोड ६७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ६३ लाख, बिमा कोषमा ८ करोड २७ लाख र महाविपत्ती कोषमा ७३ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सले ७१ लाख ३०७ वटा बिमालेख जारी गरी ६८ करोड २३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सले कुल १ हजार ९१० वटा दाबीबापत २० करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार १२४ वटा दाबीबापत २९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ८२.९० गुणा छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु