गृहपृष्ठ औद्योगिक क्षेत्रमा बिहीबारसम्म दुर्इ घन्टा लोडसेडिङ हुने

औद्योगिक क्षेत्रमा बिहीबारसम्म दुर्इ घन्टा लोडसेडिङ हुने

bijuli-newskarobar

 

नेपाल विद्युत प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन बन्द गरेको छ । १३२ केभीमा सञ्चालित लाइन २२० केभीमा स्तरोन्नति गर्न बिहीबारसम्मका लागि बन्द प्रसारणलाइन बन्द गरिएको हो । ढल्केबर सब-स्टेसन तयार भएकाले प्रसारणलाइनको आपूर्ति बन्द गरेर १३२ केभीको लोड २२० केभीमा स्थानान्तरण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत आयात प्रभावित हुँदा कोहलपुरदेखि दुहबीसम्मको औद्योगिक क्षेत्रमा साँझ ७ देखि ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १३२ केभी, ६६ केभी र ३३ केभी सब-स्टेसनबाट औद्योगिक फिडरमा भइरहेको विद्युत आपूर्ति प्रभावित हुने भएको छ । निर्माण थालेको चार वर्षपछि पूरा भएको सब-स्टेसन असार ३१ गते ‘नो लोड’मा चार्ज गरिएको थियो ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु