गृहपृष्ठ सन् २०३० अघि नै दीगो विकासका लक्ष्य पूरा गर्छौं : अर्थमन्त्री

सन् २०३० अघि नै दीगो विकासका लक्ष्य पूरा गर्छौं : अर्थमन्त्री

yubaraj-khatiwoda फाइल तस्बिर

 

अर्थमन्त्री डा. युवराज खतिवडाले निर्धारित मिति भन्दा पहिले नै दिगो विकासका लक्ष्य हासिल गर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य निर्धारण गरेकामा त्यसअघि नै उक्त लक्ष्य हासिल गर्ने गरी सरकारले कार्य गरिरहेको दावी गरे ।

संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा खतिवडाले त्यसका लागि सरकारले गरिबी निवारण, पूर्वाधार विकास लगायतका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिए । उनले पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा समेत गरेका छन् ।

त्यसका लागि सरकारले आवश्यक नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गरेको उनको भनाई थियो । उनले लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको बताए ।

उनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सरकार लागि परेको उल्लेख गरे । साथै त्यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति अंगिकार गरेको उनको भनाई थियो । खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नकै लागि पूर्वाधार विकासमा निजी तथा सहकारीक्षेत्रसँग सहकार्यमा जोड दिएको जानकारी दिए ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु