गृहपृष्ठ पारवहन तथा यातायात सम्झौताले अर्थतन्त्रलाई माथि उठाउँछ : सांसद भट्टराई
पारवहन तथा यातायात सम्झौताले अर्थतन्त्रलाई माथि उठाउँछ : सांसद भट्टराई
फाइल तस्बिर
सांसद योगेश भट्टराईले नेपाल र चीनबीचमा भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद भट्टराईले नेपाल र चीन बीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने चर्चा गर्दै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
त्यस्तै, सांसद दिव्यमणि राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय सामाजकल्याण परिषद् कार्यालयमा सार्न नहुने धारणा व्यक्त राखे । सांसद प्रदीप यादवले निजगढ विमानस्थलको निर्माण छिट्टो शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गरे । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गरे ।
(रासस)
प्रकाशित समय १३:४६ बजे
















