गृहपृष्ठ तेस्रो औद्योगिक प्रदर्शनी : व्यापारलाई ग्रामीण अर्थतन्त्रसँग जोडौं

तेस्रो औद्योगिक प्रदर्शनी : व्यापारलाई ग्रामीण अर्थतन्त्रसँग जोडौं

mela photo-newskarobar

उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवर्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । असोज २८ गतेसम्म सञ्चालन हुने मेलाको शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले व्यापार व्यवसायलाई ग्रामीण अर्थतन्त्रसँग नजोडेसम्म नेपाली अर्थतन्त्रको दिगो विकास नुहने बताए । सीमापारिबाट वस्तु आयात गरी बिक्री गर्ने परिपाटी विद्यमान रहेको भन्दै उनले ग्रामीण क्षेत्रका जनताको आर्थिक स्तर माथि उठ्ने गरी व्यापार व्यवसाय विस्तार गर्नसके साँच्चै नै आर्थिक विकासमा दिगोपना हासिल हुने धारणा राखे ।

आर्थिक अपराध जन्माउनेतर्फ उद्योगी–व्यवसायी उद्धत हुन नहुने भन्दै मुख्यमन्त्री पोखरेलले विलासितको क्षेत्रमा भन्दा उद्यमशील र रोजगारी सिर्जना हुने क्षेत्रमा निजी क्षेत्रले लगानी गर्नुपर्ने मुख्यमन्त्री पोखरेलेको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले युवा पलायन रोक्न सकेमात्र देश समृद्धि हुने धारणा राखे । उनले अस्थायी संरचनामा लाखौं रुपैयाँ खर्च गरिएको भन्दै स्थायी सम्मेलन केन्द्र निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ भन्ने मुख्य नाराका साथ आयोजित मेलामा २० करोडभन्दाको बढीको कारोबार हुने मूल आयोजक समितिका संयोजक तथा बुटवल उद्योग व्यापार संघका अध्यक्ष प्रवीणबहादुर पाठकले जानकारी दिए ।

मेलामा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोबाइल्स, गार्मेट, खाद्यान्न, फुटवेयरलगायतका स्टल छन् भने दसैं सस्तो बजारका लागि छुट्टै स्टल राखिएको छ । प्रदर्शनी स्थलमा चार सय १५ भन्दा बढी स्टल रहेको प्रदर्शनीका संरक्षक खिमनारायण पराजुलीले बताए ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु