गृहपृष्ठ अब मालपोत र नापी पनि निजी बैंकजस्तै : मन्त्री अर्याल
अब मालपोत र नापी पनि निजी बैंकजस्तै : मन्त्री अर्याल

प्रदेश ५ की भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले अब मालपोत र नापी कार्यालय पनि निजी बैंक जस्तै बन्ने बताएकी छन् । ‘निजी बैंककै जस्तै सेवा प्रवाह गर्ने गरी मालपोत र नापी कार्यालयको सुधार अभियानमा सरकार जुटिसकेको छ,’ मन्त्री अर्यालले भनिन्, ‘यो अभियानले मालपोत र नापीको भीड र अनियमितता समाप्त पार्नेछ ।’ मालपोत र नापी कार्यालय प्रविधिमैत्री बन्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘अबको केही महिनामै यसको परिणाम देखिन्छ,’ उनले भनिन् ।
बुटवलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री अर्यालले मालपोत र नापीको सफाइसँगै जमिन व्यवस्थापनको कुरा पनि अघि बढाएको बताइन् । ‘तीन वर्षपछि जमिन बाँझो राख्न नपाउने नीति सरकारले ल्याउँदैछ,’ उनले भनिन्, ‘उत्पादन र उत्पादकत्व बढाउन सरकारले यस्तो नीति ल्याउने भएको हो ।’
प्रकाशित समय १८:२७ बजे