गृहपृष्ठ चमेलियामा ४० मेगाावाटको अर्को आयोजना
चमेलियामा ४० मेगाावाटको अर्को आयोजना
अपि पावरसँग विद्युत् खरिद सम्झौता सम्पन्न
नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । आयोजनाको निर्माणपश्चात् प्रदेश नं. ७ मा विद्युत आपूर्ति बढ्न गई भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरिएको छ ।
यो आयोजना नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुर्चचित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृहभन्दा १५ किलोमिटर माथि पर्छ । दुर्गम जिल्ला दार्चुला निर्माण हुने यो आयोजनाको लागत प्रतिमेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ । अपि पावर कम्पनीले उत्पादन अनुमति प्राप्त गरि २०७६ सालबाट निर्माण सुरु गरी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोछ ।
विद्युत खरिद सम्झौतामा विद्युत् प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ वर्षदेखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।
कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निमाणर््ा पुरा गरि आगामी चैत मसान्त भित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।
यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) वार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुने जनाइएको छ । प्राधिकारणका अनुसार उत्पादित विद्युतमध्ये ३३ प्रतिशत हिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना ‘टेक अर पे’ मा आधारित छ । अहिले देशमा निर्माणाधिन अधिकांश जलविद्युत आयोजनाहरु ट्रान्समिशनलाईनको अभावले समस्याग्रस्त बन्दै गएका छन । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि. डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी संचालक न्यौपानेले बताए । ।
प्रकाशित समय १३:२४ बजे

















