गृहपृष्ठ नेप्सेमा दोहोरो अंकको वृद्धि
नेप्सेमा दोहोरो अंकको वृद्धि
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार पनि दोहोरो अंकले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्षस्थानमा छ । सो बैंकको २४ करोड २९ लाख ५७ हजार ८०७ रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कुमारी बैंक आठ करोड ३९ लाख ३० हजार ३४७ रूपैयाँ, नेपाल बैंक सात करोड ४३ लाख ९७ हजार ६१० रूपैयाँ, हिमाल दोलखा हाइड्रोपावर छ करोड ६३ लाख ६९ हजार रूपैयाँ, ग्लोबल आइएमई बैंक चार करोड ५३ लाख ३५ हजार ४७२ रूपैयाँ र एनएमबी बैंक चार करोड १० लाख १४ हजार ८७१ रूपैयाँ बराबरको कारोबार भई शीर्षस्थानमा पुगेको छ ।
कारोबारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, सांग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एसिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए । (रासस)
प्रकाशित समय १६:११ बजे

















