गृहपृष्ठ नेप्से झिनो अंकले वृद्धि, कारोबार रकम सात अर्ब

नेप्से झिनो अंकले वृद्धि, कारोबार रकम सात अर्ब

लगातार दोहोरो अंकको वृद्धि तथा कारोबार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको सेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अंकले मात्रै उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३५ बिन्दुले उकालो लागेर दुई हजार बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने आज १.७७ बिन्दुले ओरालो लागेर ३८३.७९ मा पुगेको छ । नेप्सेमा झिनो अङ्कको सुधार भए पनि कारोबार रकम भने पनि सात अर्ब बराबरको नै भएको छ । कूल १९७ कम्पनीको एक करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर सात अर्ब ४० करोड ४१ लाख ५४ हजार रूपैयाँ सातमा कारोबार भयो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको सेयर भने ओरालो लागेको छ । बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३, निर्जीवन बिमा ३४ र सामूहिक लगानी कोष ०.१८ बिन्दुले ओरालो लागे ।

यस्तै, जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, लघुवित्त १.४३ र जीवन बिमा २१६.८३ बिन्दुले उकालो लागे । स्टकका अनुसार आज कारोबाका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार १०२ रूपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी ४४ करोड ३६ लाख ५० हजार ३९९ रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३३ करोड ९० लाख ३५ हजार १६८ रूपैयाँ, नेपाल बंगलादेश बैंक २५ करोड २६ लाख २४ हजार ५९६ रूपैयाँ, प्रभु बैंक रु २० करोड ८५ लाख ६० हजार ५३ रूपैयाँ, शिवम् सिमेन्ट २० करोड ३७ लाख २२ हजार ९८२ रूपैयाँ र नबिल बैंक २० करोड ११ लाख ९४ हजार ६६० रूपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज पुनर्बिमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बंगलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टिपर्पोज फाइनान्स ५.११ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए ।

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु