गृहपृष्ठ नेपाल बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा
नेपाल बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा
नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।
प्रकाशित समय २०:३३ बजे

















