गृहपृष्ठ सेयर बजार १०७ अंकले बढ्यो, २७ अर्बको कारोबार
सेयर बजार १०७ अंकले बढ्यो, २७ अर्बको कारोबार
- साप्ताहिक समीक्षा
सेयर बजार परिसूचक नेप्से साताभरमा १०७ अंकले बढेको छ । साताका पाँच कारोबार हुने दिनमा दुई दिन घटेको नेप्से तीन दिन बढ्दा १०७.२१ अंकले उकालो लागेर २१९४.४८ अंकमा पुगेको हो ।
सेयर बजार परिसूचक आइतबार ८८ अंकले बढेको थियो । सोमबार ६ र मंगलबार ३ अंकले घट्यो । अन्तिम दुई दिन भने बजार बढेको छ । बुधबार १३ र बिहीबार १५ अंकले बजार उकालो लागेको हो । गत साताभरमा सेयर बजार ४५ अंकले बढेको थियो ।
साताभरको कारोबार रकम पनि बढेको छ । यो साता २७ अर्ब १७ करोड २३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । यो कारोबार रकम १९.३८ प्रतिशत बढी हो । गत साता २२ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो ।
आइतबार ६ अर्ब ३४ करोड, सोमबार ५ अर्ब ९६ करोड, मंगलबार ४ अर्ब ५६ करोड, बुधबार ४ अर्ब ४२ करोड र ५ अर्ब ८७ करोडको सेयर किनबेच भएको छ ।
साताभर सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६१ करोडको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको १ अर्ब ४३ करोड, शिखर इन्स्योरेन्सको १ अर्ब ४७ करोड, नेपाल टेलिकमको १ अर्ब २७ करोड र एनआईसी एसिया बैँकको ९७ करोड २७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
साताको अन्त्यमा नेपाल टेलिकमको बजार पुँजीकरण (कम्पनीको कुल सेयर मूल्य) १ खर्ब ९० अर्ब नाघेको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको १ खर्ब ५४ अर्ब, नबिल बैँकको १ खर्ब ४७ अर्ब, नेपाल लाइफ इन्स्योरेन्सको १ खर्ब ३० अर्ब, एनआईसी एसिया बैँकको १ खर्ब ५ अर्ब र नागरिक लगानी कोषको १ खर्ब १ अर्ब नाघेको छ । कुल बजार पुँजीकरण २९ खर्ब ५५ अर्ब ५८ करोड पुगेको छ ।
यो पनि पढ्नुहोस्
अब सेयर बेचेको दुई दिनभित्रै हातमा पैसा
प्रकाशित समय १९:४९ बजे

















