गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैँकको लाभांश पारित

नेपाल इन्भेस्टमेन्ट बैँकको लाभांश पारित

नेपाल इन्भेस्टमेन्ट बैँकको १८.५ लाभांश पारित भएको छ । बैँकको बिहीबार सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालक समितिले निर्णय गरेअनुसारको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश पारित भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैँकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिबारे पनि छलफल भएको थियो । बैँकले ८३ शाखा, १२८ एटीएम, २० वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन काउन्टर र ५९ वटा शाखारहित बैँकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यो बैँक अन्तर्राष्ट्रिय प्रकाशन- युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैँक २०१८’ युरोमनी अवार्डबाट पनि पुरस्कृत भइसकेको छ । यसबाहेक अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी- नेपाल (इक्रा नेपाल)ले बैँकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु