गृहपृष्ठ एनआईबीएल एस क्यापिटलबाट अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने
एनआईबीएल एस क्यापिटलबाट अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने
एनआईबीएल एस क्यापिटलले अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदेखि विद्युतीय प्रणालीमार्फत डिम्याट खाता र मेरो सेयर दर्ता सेवा सुचारु गरेको हो ।
लगानीकर्ता तथा अन्य सरोकारवालाको सल्लाह एवं सुझावलाई मध्यनजर गरी कम्पनीले आफ्ना सेवा प्रवाहलाई झन्झटरहित, सरल एवं सहज बनाउने उद्देश्यले हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा मेरो सेयर दर्ता विद्युतीय प्रणालीमार्फत गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
यसअघि, कम्पनीले विद्युतीय प्रणालीमार्फत एनआईबीएल सहभागिता फन्ड (खुलामुखी योजना एनआईबीएल म्युचुअल फन्ड) का इकाइहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै, ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीेले आगामी दिनहरुमा विद्युतीय प्रणालीबाट सेवासुविधा उपलब्ध गराउँदै जाने जानकारी गराएको छ ।
प्रकाशित समय ११:०१ बजे

















