गृहपृष्ठ कञ्चनपुरमा नेपाल इन्स्योरन्सको तीनदिने अभिकर्ता तालिम
कञ्चनपुरमा नेपाल इन्स्योरन्सको तीनदिने अभिकर्ता तालिम
नेपाल इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा कृषि तथा पशुपन्छी बिमा अभिकर्तासम्बन्धी तीनदिने तालिम आयोजना गरेको छ । कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित होटल न्यु चेतनमा बिमा अभिकर्ता तालिम आयोजना गरेको हो ।
कार्यक्रममा दार्चुला, बैतडी, कञ्चनपुर र डडेलधुराका सहकारी संस्थाहरुका साथै कृषक, नगरपालिका कृषि प्राविधिक र जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिको सहभागिता छ । कृषि क्षेत्रको विस्तार एवं प्रवर्धन गर्ने, कृषकको काबुबाहिरको परिस्थितिबाट हुन सक्ने जोखिम न्यूनीकरण गरी कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने कार्यमा कृषि तथा पशुपन्छी बिमाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
कार्यक्रममा नेपाल इन्स्योरेन्सका मुख्य प्रबन्धक चन्द्रनाथ उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए । शाखा कार्यालय महेन्द्रनगरका प्रमुख राजेन्द्र बिष्ट र धनगढी शाखा प्रमुख सागर बमले बिमाको परिचय, महत्व, जोखिम तथा जोखिम व्यवस्थापनलगायत कृषि तथा पशुपन्छी बिमाको बारेमा प्रस्तुति दिएका थिए ।
प्रकाशित समय १०:५५ बजे

















